टी–२० विश्वकपमा अफगानिस्तानको लज्जास्पद हार

42 Shares

त्रिनाड, एजेन्सी । अमेरिका र वेष्ट इन्डिजमा जारी रहेका टी–२० विश्वकपमा अन्तिम लिग खेलमा वेष्ट इन्डिज सामु अफगानिस्तानको लज्जास्पद हार बेहोर्नु परेका छन् ।
वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएर ग्रुपको शिर्ष स्थानमा उक्लिएका हुन् ।
२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा अलआउट भई मात्रै ११४ रन बनाए । जारी विश्वकपमा यो सबैभन्दा ठूलो फराकिलो अन्तरबाट अफगानिस्तानको हार भएको छ ।
लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरु कुनैपनि खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । अफगानिस्तानलाई अलआउट गर्न वेस्ट इन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई÷दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङको बलमा २१८ रनको विशाल लक्ष्य बेष्ट इन्डिज सामु प्रस्तुत गरेको थियो । पुरणले ५३ बलमा ९८ रनको आक्रामक व्याटिंग गरे । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।
अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक÷एक विकेट लिए । समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन् ।
सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले भारत सँग पहिलो खेल खेल्नेछ ।
एजेन्सी

सम्बन्धित समाचार