वैदेशिक रोजगारीमा जाने युवकहरु संग ठगी गरेको आरोपमाः आइटी आर्मीद्धारा विरोध प्रदर्शन

49 Shares

रौतहट, ४ असार । आम जनता पार्टी निकट रहेका आईटी आर्मीले मंगलवार तेश्रो दिन बैदेशिक रोजगार विभागमा धर्ना प्रदर्शनको साथै घेराउ गरेका छन् ।
बैदेशिक रोजगारमा जाने युवायुवतीहरु संग बीना रसीद अबैध रुपमा रकम असुली गर्दै आएपछि आम जनता पार्टी निकट आईटी आर्मीले गत आईतवार देखि आन्दोलन सुरु गरेका हुन् ।
सोही क्रममा आज तेश्रो दिनपनि वैदेशिक रोजगार विभागमा धर्ना प्रदर्शन गर्नुका साथ घेराउ गरेको छ । त्यती मात्रै नभई अहिले सम्म विना रसिद लिएको रकम फिर्ता नगरिएपछि आईटी आर्मीले अनिश्चितकालिन धर्ना प्रदर्शन घेराउ सुरु गरिएको बताइएको छ ।
बैदेशिक रोजगारीमा जाने कामदारहरुसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने जस्ता मागहरु सहित बैदेशिक रोजगार बिभागमा धर्ना एवं घेराउ गरिएको छ ।

सम्बन्धित समाचार