कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकालाई घेराउ गरेर प्रदर्शन

43 Shares

रौतहट, ४ असार । कवाड संकलनकर्ताहरुले मंगलवार तेश्रो दिने काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
आईतवार देखि निरन्तर रुपमा काठमाडौंमा कवाड संकलन गरेर जीविकोपार्जन गर्दै आएकाहहरुलाई उठिबास बनाउन लागेकोमा आक्रोशित बनेका कबाड संकलनकर्ताहरुले आज तेश्रो दिन काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
आक्रोशित कवाड संकलनकर्ताहरुले महानगरका मेयर बालेन शाहको राजीनामा माग गर्दै चर्को नाराबाजी समेत गरे । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।


गत फागुन महिना देखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका छन्। कवाड व्यवसायीहरुले महानगरपालिकाको डोजर आतंकको विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् ।


कवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ठ लगायतका नेतृत्व एवं आजपाको प्रवक्ता चन्द्रभुषन साह लगायत आजपा नेताहरुको बिशेष सहभागितामा भएको उक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” लगायतको नाराहरु लगाईएको छ ।
उक्त कबाड व्यवसायीको आन्दोलनका जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए ।

सम्बन्धित समाचार