अबैध हतियार र गोलीगट्ठा सहित भारतीय अपराधी जयसवाल पक्राउ

50 Shares
रौतहट, ४ असार । लुटपाटमा संलग्न एक भारतीय अपराधीलाई अबैध हतियार र गोली गट्ठा सहित रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
भारत विहार पूर्वी चम्पारण जिल्ला घोडासहानमा सक्रिय रहेका बाबा गिरोह नामको अपराधिक समुहका सदस्यलाई रौतहट प्रहरीले असार २ गते मौलापुर नगरपालिका क्षेत्रबाट अबैध हतियार र गोली गट्ठा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले मंगलवार जारी गरेको प्रेस नोट भनिएको छ, भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला घोडासहान थाना ग्रामपंचायत बसवरिया वडा नं. २ का २० बर्षिय मोनुकुमार जयसवाललाई पक्राउ गरिएको छ ।
गत जेठ २२ गते विहान १०.१० बजेको समयमा मौलापुर नगरपालिका वडा नम्वर ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा बचत संकलन गरेर बौधीमाई नपा ८ का २४ बर्षिय अरबिन्दकुमार दासले १७ लाख रुपैया लिई विआर ०५एएन ८७६२ नम्वरको मोटरसाइकल चढेर राष्ट्रिय बाणिज्य बैंक मौलापुर शाखामा जम्मा गर्न जाने क्रममा विपरित दिशाबाट तिन जना अपरिचित व्यक्तिहरुले पछाडीबाट गोली हानी भागी फरार भएको थियो ।
घटना पश्चात प्रहरीले अनुसन्धानको क्रममा संलग्न अभियुक्तहरुको पहिचान
गर्ने क्रममा उक्त घटनामा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको खुलेको प्रेषित प्रेस नोटमा भनिएको छ ।
भारत र नेपालको सिमावर्ती क्षेत्रमा भारतीय अपराधीहरुले लुटपाटमा संग्लन रहेको, अवैध भन्सार चोरी निकासीको काम (तस्करी) मा सक्रिय रहनुको साथै विगत ३–४ महिना अगाडी मात्र भारतिय एसएसबिका जवानहरुलाई अन्य साथीहरु संग मिली कुटपिट गरी आक्रमण गरेको घटनामा जेल चलान भई हालसालै छुटेर मौलापुर तर्फ आएको खवर पाउना साथ प्रहरी सक्रिय भई उक्त समुह मध्ये २० बर्षिय जयसवाललाई गत आईतवार समात्न सफल भएको डिएसपी गिरीले भनिन ।
अपराधमा संलग्न र बाबा गिरोहका मुख्य योजनाकारको रुपमा रहेका जयसवाललाई मौलापुर नगरपालिका वडा नम्वर ७ बाट घरेलु कटुवा पेस्तोल थान– १ (एक), गोली राउण्ड थान–२ (दुई) गरी केही दशी समानहरु सहित पक्राउ जानकारी दिदै डिएसपी गिरीले निजलाई हातहतियार खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग कसुरमा रौतहट जिल्ला अदालतबाट आज म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले तराई टपलाई जानकारी दिइन् ।

सम्बन्धित समाचार