चिनियाँ नागरिक संग फेला पर्यो नेपाली नागरिकता

35 Shares
काठमाडौं, ५ असार । मंगलवार प्रतिनिधि सभामा चिनियाँ सुन तस्करलाई नेपाली नागरिकता कसरी बनाइयो विषयमा आवाज उठेका छन् ।
प्रतिनिधि सभामा जनमत पार्टीका सांसद अब्दुल खानले हिजो बैठकमा यस्तो आवाज उठाएका हुन् । नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने र विदेशीलाई नागरिकता दिने कायम भएको भन्दै उनले गम्भीर आपत्ति जनाए ।
“नेपालमा बसोबास गर्ने नेपाली नागरिकहरुले नागरिकता बनाउदा अनागरिक भए, तर चिनियाँ नागरिकलाई नागरिकता बनाएर तस्करी धन्धामा लगाउने कसरी नागरिक भए” भन्ने विषयमा गम्भीर प्रश्न गरे । यहाँका नागरिकहरुलाई विभिन्न किसिमका व्यवधान खडा गर्ने अनेकौ झन्झटिला प्रक्रिया राख्ने तर विदेशी नागरिकले नेपाली नागरिकता लिएर सुन तस्करी गरिरहेका छन्,’ खानले भनेका छन्, ‘यसमा सम्बन्धीत निकायको ध्यान जाओस् ।’
चिनियाँ नागरिकको ठाउँमा भारतीय नागरिक भइदिएको भए सायद ठूलै हंगामा हुन्थ्यो भन्दै उनले प्रश्न गरेका छन् ।
प्रहरीले सोमबार मात्र तस्करीको ६ केजी सुनसहित चिनियाँ नागरिक सेरब ग्याल्मोलेलाई पक्राउ गरेको थियो । उनले सोनाम गुरुङको नामबाट मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएको नागरिकता फेला परेका थिए ।

सम्बन्धित समाचार