बरहथवामा लिलावतीको शंकाष्पद हत्या, श्रीमान् र सौता प्रहरी नियन्त्रणमा

54 Shares

सर्लाही, ५ असार । सर्लाहीको बरहथवा नगरपालिकाको लौकटमा एक महिलाको शंकाष्पद रुपमा हत्या गरिएको अवस्था शव गाउँ भन्दा टाढा खेतमा फेला परेको छ ।
बरहथवा नगरपालिका वडा नम्वर १२ लौकट बस्ने शंकर महतोको ३५ बर्षिया श्रीमती लिलावती देवी महतोको मृत शव घरबाट डेढ किलोमिटर पश्चिममा रहका स्थानीय कमल रायको खाली खेतमा हिजो विहान १०.२५ बजेको समयमा स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मलंगवाद्धारा बुधवार जारी गरिएको प्रेस नोटमा भनिएको छ, स्थानीयहरुले शव बारे खवर गर्दा इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक अनुसन्धान गरेर शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएका थिए ।
घटनास्थलको प्रकृति हेर्दा मृतक महिलाको घाँटीमा डाम जस्तो देखिएको हुँदा हत्या हो कि अन्य कुनै कारणवस मृत्यु भएको वारे प्रहरीले गहन अनुसन्धान भईरहेको सर्लाही प्रहरीका एसपी रबीन्द्र बहादुर सिंहले जानकारी दिए ।
शंकाष्पद अवस्थामा शव फेला परेको हुँदा मृतक महिलाको श्रीमान् शंकर महतो र उनको कान्छि श्रीमती सजन देवी महतोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए । पोष्टमार्टम पश्चात हिजो साँझ शवलाई निजको देवर सुरेश साहले बुझेर अन्तिम संस्कारको लागि लगेको उनले भने ।
श्रीमान् र सौता मिलेर महिलाको हत्या गरिएको आशंका
महिला लिलावती देवीको श्रीमानले कान्छि श्रीमती भित्रयाएपछि घरमा कलह सुरु भयो । पटक पटक झै झगडा हुँदै आएको सोमवार राति पनि झगडा भएका थिए । झगडा भएपछि मृतक महिलाले खाना समेत खाएनन् । अबेर राति श्रीमान र सौता मिलेर हत्या गरेर डेढ किलोमिटर टाढा लगेर खेतमा शवलाई फालिदिएको थियो ।

सम्बन्धित समाचार