लामखुट्टे धपाउने मेशिनमा आगलागि हुँदा गौर नपाको दुई कर्मचारी गम्भीर घाइते

75 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्वर ४ डुमरियामा गौर नगरपालिकाबाट लगिएको लामखुट्टे धपाउने मेशिनमा आगलागि, मेशिन र पिकअप पूर्ण रुपमा जलेर नष्ट, गम्भीर घाइते कर्मचारीको जनकपुरमा उपचार हुँदै ।

सर्लाही, ५ असार । सर्लाहीको हरिपुर्वा नगरपालिकामा लामखुट्टे धपाउने क्रममा मंगलवार राति आगो लाग्दा औषधी छर्ने मेशिन, पिकअप भ्यान र दुई जना कर्मचारी गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपूर्वा नगरपालिकामा लामखुट्टेको प्रकोपलाई नियन्त्रण गर्नका लागि रौतहटको गौर नगरपालिकाबाट लगिएको लामखुट्टे धपाउने मेशिनमा गएराति ८.१५ मिनेटमा अचानक आगो लागेका थिए ।
गौर नगरपालिकाको मेधश प्रदेश ०३–००१ झ ०११८ नम्वरको पिकअप गाडी, औषधी छर्ने मेशिन पूर्ण जलेर नष्ट भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिदै हरिपूर्वा नगरपालिका नगरपालिकाको वडा नम्वर ४ डुमरिया टोलमा औषधी छर्ने क्रममा गौर नगरपालिकाकै कर्मचारी दुई जना मध्ये एक जना गम्भीर घाइते भएको बताए ।
गौर नपा ४ का ५० बर्षिय गेना पंण्डितको दुबै हात र दुबै खुट्टाको भागको भाग गरर ४० प्रतिशत जलेको छ भने गौर नपा ८ पुरेनवाका २५ बर्षिय लक्ष्मी नारायण साहको बाँयाँ खुट्टाको पैतालमा गरी ५ प्रतिशत जलेको बताउदै दुबै जनालाई राति नै उपचारको लागि जनकपुर पठाइएको उनले भने । दुबै जनाको जानकी हेल्थ केयरमा उपचार भईरहेको तथा दुबै खतरामुक्त रहेको उनले भने ।
गम्भीर घाइते गेना पंण्डितलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भईरहेको सर्लाही प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए ।

 

सम्बन्धित समाचार