महानगरपालिकाको डोजर आतंक विरुद्ध कवाड व्यवसायीहरुद्वारा आज चौथो दिन प्रदर्शन जारी

25 Shares

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाको डोजर आतंक विरुद्ध गरिएको कवाड व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीको बललाई लिएर बुधवार चौंथो दिन विशाल विरोध प्रदर्शन गरिएका छन् ।
शान्तिपुर्ण आन्दोलन माथि प्रहरीले गरेको बलप्रयोगको विरुद्ध आज कवाड व्यवसायीहरुले पुनः बिशाल जुलुश निकालेर विरोध प्रदर्शन गरेका हुन् ।
“कवाड व्यवसायीहरु माथि महानगरपालिकाको डोजर आतंक विरुद्ध प्रदर्शनको क्रममा दमन गर्ने प्रहरी माथि कारवाही गर, कानुनी शासन लागु गर, प्रहरी दम बन्द गर” जस्ता नारा सहित माइतीघरदेखि सुरु भएको जुलुश बानेश्वर पुगेर कोर्ण सभामा परिणत भए ।
महानगरपालिकाको डोजर आतंकको विरुद्ध हिजो कवाड व्यवसायीहरुले शान्तिपुर्ण आन्दोलन गर्दा प्रहरीले दमन गरेको थियो । अदालतको आदेश विपरित कवाड व्यवायीहरु माथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी सुरक्षाको माग सहित कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेर सडक संघर्षमा उत्रिएका छन् ।

सम्बन्धित समाचार