कटहरिया नगरपालिकाको १० औं नगर अधिवेशन सम्पन्न

42 Shares
कटहरिया (रौतहट), ५ असार । कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि नीति कार्यक्रमको तथा बर्षभरी गरिने विकास कार्य योजनाको साथै विभिन्न जनमुखी योजनाहरु ल्याएका छन् ।
कटहरीया नगरपालिकाको १० औ नगरसभामा नीति कार्यक्रम तथा बजेट ल्याएर बुधवार खुला सत्र सम्पन्न भएका हुन्
१० अधिवेशनको नीति तथा कार्यक्रम र आर्थिक योजना माथि बन्द सत्रमा कार्यपालिका बोर्ड सहित बहुमत सदस्यहरुले पास गरेपछि अगामी आर्थिक बर्ष २०८१–०८२ यसै अनुसार कार्य गरिने छन् ।
नगर अधिवेशनलाई सम्बोधन गर्दै मेयर अजयप्रकाश जायसवालले जनताको आधारभुत आवश्यक्ता, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायत विभिन्न कार्यहरु गम्भीरताका साथ गर्दै गराउदै आएको स्पष्ट पारे । नगरलाई सुखि र समृद्ध बनाउने विभिन्न जनमुखी कार्यहरु तथा योजनाहरु यस पटकको योजनामा राखिएको हुँदा यहाँको आम नागरिकहरु स्थानीय सरकारको योजनाहरुबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।
कटहरीया नगरको शिक्षाका क्षेत्रमा सुधारको अभियान थालनी गराइएको र नगरका विद्यालयहरु प्रविधि मैत्री आउदो बर्ष बनाईने उनले प्रतिबद्धता जनाए । १० औं नगर सभाबाट कटहरीया नगरपालिकाले नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरेर ४६ करोड ६२ लाख ५४ हजार रुपैयाको बजेट ल्याएको ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बजेट प्रस्तुत गरेको थियो ।
स्थानीय सरकार संचालन ऐन अनुसार हरेक बर्ष असार १० गते भित्र अनिवार्य रुपमा अगामी आर्थिक बर्षको लागि नीति कार्यक्रम तथा योजना र बजेट प्रस्तुत गरिसक्नुपर्ने प्रावधान रहेका छन् ।

सम्बन्धित समाचार