वागमती नगरपालिकाको रायमाझी चौकमा बस दुर्घटना, तिन जनाको मृत्यु, डेढ दर्जन घाइते

63 Shares

सर्लाही, ६ असार । सर्लाहीको वागमती नगरपालिकामा विहिवार विहान यात्रुबाहक बसले रोकि राखिएका भारतीय मालबाहक लरीमा ठोक्किएर भएको दुर्घटनामा अहिले सम्म तिन जनाको मृत्यु भएको छ भने करिव डेढ दर्जन भन्दा बढि यात्रुहरु घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने वागमती नगरपालिका वडा नम्वर ११ रायमाझी चोकमा रोकि राखिएका एनएल ०१ एएच ९२५२ नम्बरको भारतीय लरीमा भैरहवाबाट जनकपुर तर्फ गईरहेका लु. १ ख. ८८४८ नम्वरको यात्रुबाहक बसले आज विहान ठोक्किदा अहिले सम्म ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेका हुन् ।
बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षिय दशरथ कहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटना पश्चात तत्काले घाइतेहरुको उद्धार गरिएर उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पु¥याएकामा चिकित्सकले तिन जनालाई मृत घोषणा गरेको उनले भने । रुपन्देहीबाट जनकपुरतर्फ गईरहेको बसमा ४० जना यात्रु सवार रहेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालहरुमा उपचार भइरहेको डिएसपी श्रेष्ठले भने ।

सम्बन्धित समाचार