चन्द्रपुर पथलैया प्रशारण लाईन माथि रुख ढल्दा विद्युत सेवा अबरुद्ध

30 Shares

रौतहट, ६ असार । अत्याधिक गतिमा आएको हावाहुरीले चन्द्रपुर पथलैया विद्युतको प्रशारण लाईन माथि रुख खस्दा लाईन अबरुद्ध भएको छ ।
पुर्व पश्चिम प्रशारण लाईन माथि विहिवार विहान साढे ११ बजेको समयमा हावाहुरीले गर्दा रुख ढलेपछि लाईन अबरुद्ध भएको हो ।
राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए ।
वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको प्राधिकरणका प्रवक्ताले जानकारी दिए ।

सम्बन्धित समाचार