सशस्त्र प्रहरीले समातेका हुण्डी कारोवारी गौर भन्सार कार्यालयबाट फरार

32 Shares

रौतहट, ६ असार । श्रोत नखुलेको १४ लाख ८० रुपैया सहित पक्राउ गरेका हुण्डी कारोवारीलाई सशस्त्र प्रहरीले समातेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउदा त्यहीबाट ति कारोवारी फरार भएका छन् ।
सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा हुण्डी कारोवारीलाई बुझाएर हिडेपछि शौच गर्ने बहानामा भन्सार कार्यालयको बाउण्ड्री वाल हाम फालेर फरार भएका हुन् ।
सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले विहिवर विहान १० बजेको समयमा बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित भन्सार गेटमा विआर ०५ विवि ६२१२ नम्वरको भारतीय नम्वरको मोटरसाइकल चेकजाँच गर्दा सिट मुनी लुकाएर राखेको १४ लाख ८० हजार रुपया सहित भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ बर्षिय गजेन्द्र रायलाई नियन्त्रणमा लिएका थिए ।
सशस्त्र प्रहरीको वेस क्याम्पस सरमुजवाको सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको टोलीले गौर भन्सार कार्यालयमा १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित हुण्डी कारोवारी गजेन्द्रलाई बुझाउदा मुद्दा नम्बर ७७१ मा दर्ता भएपछि हामी त्यहाँबाट बाहिरिएका थियौं । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जारी गरेको प्रेस नोटमा भारतीय नागरिक सहित बरामद गरिएका १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बताए ।
तर, सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोवारी भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफनो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै सशस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएको बताए ।
गौर भन्सार कार्यालयको प्रमुख अमरेन्द्र सिंहले हामी अर्थ मन्त्रीज्यूको भर्चुअल मिटिंगमा व्यस्त रहेको बेला एक्कसी यहाँबाट मानिस फरार भएको कुरा सुने तर त्यस वेला सम्म हाम्रो नियन्त्रणमा नरहेको दाबी गरे ।

सम्बन्धित समाचार