मौसम अपडेटः कस्तो रहला आजको मौसम ?

38 Shares
रौतहट, ७ असार । नेपालको अधिकाँश भुभागमा मनसुनी प्रणालीको प्रभाव सक्रिय भएको छ ।
कोशी, मधेश, वागमती, गण्डकी प्रदेशका अधिकाँश भुभागको साथै लुम्बिनी प्रदेशको पूर्वी भाग सम्म मनसुनी प्रणालीको प्रभाव सक्रिय भएको हो ।
यी प्रदेश बाहेकका अन्य भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
आज राति गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

सम्बन्धित समाचार