सुर्यकुमार यादवको विस्फोटक ब्याटिंगको कारण अफगानिस्तान भारत संग ४७ रनले पराजित

36 Shares
ब्रिजटाउन, एजेन्सी । ब्याटिंगमा सुर्यकुमार यादव र बलिंगमा जसप्रित बुमराह चम्किदा भारतले अफगानिस्तान माथि शानदार जित निकालेको छ ।
टस जितेर पहिलो ब्याटिंग गरेका भारतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १८१ रनको योगफल तयार पारेर अफगानिस्तान समक्ष जितको लागि १८२ रनको टार्गेट सेट गरेका थिए ।
जसप्रित बुमराहको घातक बलिङ र सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानलाई ४७ रनले हराएर टि–२० विश्व कपमा आफनो अपराजित यात्रालाई कायमै राखेका छन् ।
अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो । टी–२० मा भारतले अफगानिस्तान विरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । २० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे भने गुलबदिन नाइबले २१ बलमा १७ रन बनाए । मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १ मेडेन राखेर मात्र ७ रन दिई ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।
सूर्यकुमार यादवको विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।
अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे । अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । फारुकीले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए । उनी यो विश्वकपमा सर्वाधिक विकेट खेलाडी पनि हुन् । कप्तान खानले ४ ओभरमा २६ रनमात्र दिएका थिए ।

सम्बन्धित समाचार