“समृद्ध नगर, खुशी नगरवासी” मुल नाराका साथ गरुडा नगरपालिकाको ११ औं अधिवेशन सम्पन्न

43 Shares

रौतहट, ७ असार । “समृद्ध नगर, खुशी नगरवासी” मुल नाराका साथ गरुडा नगर पालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि ७० करोडको बजेट ल्याएका छन् ।
गरुडा बजार स्थित कलवार धर्मशालामा विहिवार आयोजित गरुडा नगरपालिकाको ११ औं नगर सभामा नगरपालिकाको उपमेयर पुनमकुमारी चौधरीले अगामी आर्थिक बर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास योजना र सोको अनुमानित बजेट करिव ७० करोडको आयव्यय प्रस्तुत गरेकी थिइन् ।
नगरअधिवेशन मेयर कन्थमुणी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको खुलासत्रमा उपमेयर चौधरीले आर्थिक वर्ष २०८१–०८२ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गरिन । नगरसभाले अगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ७० करोड २० लाख ५९ हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएको थियो ।
अगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्ग, दलित, पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउनमा नगरप्रमुख जयसवालले बताए ।

सम्बन्धित समाचार