गौर भन्सार कर्मचारीको मिलोमतोमा हुण्डी कारोवारमा संलग्न भारतीय नागरिक राय फरार भएको आशंका

43 Shares

रौतहट, ७ असार । गौर भन्सार कार्यालयबाट हुण्डीको रकम सहित पक्राउ परेका भारतीय व्यक्ति फरार गराउनमा भन्सार कर्मचारी कै संलग्नता रहेको आशंका गरिएका छन् ।
सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले निकै मेहनेतका साथ श्रोत नखुलेको १४ लाख ८० रुपैया सहित भारतीय नागरिकलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा विहिवार दिउसो २ बजे बझाएका थिए । सशस्त्र प्रहरीले श्रोत नखुलेको रकम १४ लाख ८० हजार, विआर ०५ विवि ६२१२ नम्वरको मोटरसाइकल र भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ बर्षिय गजेन्द्र रायलाई भन्सार कार्यालयको जिम्मा लगाउदा मुद्दा नम्वर ७७१ मा दर्ता गरिएका थिए ।
भारतीय नागरिक रायलाई छुटाउन केही व्यक्तिहरु धरौटी रकम लिएर आएका थिए तर हिजो साढे ५ बजे भन्सार कार्यालयको नियन्त्रणमा रहेका राय पिराब गर्ने बहानामा कम्पाउण्ड वाल हाम फालेर भाग्न सफल भएको थियो । स्थानीय तथा सुरक्षा निकायबाट नै भन्सार कार्यालयको गम्भीर लापरवाहीका कारण हुण्डीको रकम ओसार्ने व्यक्तिलाई भगाएको यतिखेर आरोप लगेका छन् ।
सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोवारी रायलाई भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफनो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै आएका छन् ।
गौर भन्सार कार्यालयको निमित्त प्रमुख अमिन्द्र सिंहले हामी अर्थ मन्त्रीज्यूको भर्चुअल मिटिंगमा व्यस्त रहेको बेला एक्कसी यहाँबाट मानिस फरार भएको कुरा सुने तर त्यस वेला सम्म हाम्रो नियन्त्रणमा नरहेको दाबी गरे । तपाईको नियन्त्रणमा नरहदा कसरी मुद्दा नम्वर ७७१ भयो र २ बजे बुझाएका व्यक्तिलाई प्रक्रिया पुरा गरेर भन्सार सुरक्षा गार्डको जिम्मा किन लगाइएन भने प्रश्नको जवाफमा उनले केही बोल्न सकेनन् ।

सम्बन्धित समाचार