इंगल्यान्डलाई ७ रनले हराएर दक्षिण अफ्रिका

45 Shares
आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंगल्यान्डलाई ७ रनले हराए दक्षिण अफ्रिका
सेन्टलुसिया । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इंगल्यान्डलाई ७ रनले हराउदै आफनो अपराजय यात्रालाई जारी राखेका छन्् ।
‘सुपर–८’ चरणमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो । दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेश मार्गको सम्भावना प्रस्तत बलियो बनाएको छ । यसअघि दक्षिण अफ्रिकाले ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा दक्षिण अफ्रिका दुई खेलबाट चार अंक बटुल्दै पहिलो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको इंगल्यान्ड दोस्रो स्थानमा छ । साविक विजेता इंगल्यान्डले आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो । एक–एक खेल खेलेका अमेरिका र वेस्ट इन्डिजले भने खाता खोल्न सकेका छैनन् ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रनमात्र बनाउन सक्यो ।

सम्बन्धित समाचार