हैदराबाद हाउसमा प्रधानमन्त्री हसिना र मोदी बीच भेटवार्ता

42 Shares

नयाँ दिल्ली, एजेन्सी । नयाँदिल्लीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्व प्रतिनिधिमण्डलसँग भारतीय प्रतिनिधिमण्डलको भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो एक वर्षमा प्रधानमन्त्री हसिनासँग धेरै पटक भेट भएको तर यो भ्रमण पहिलो विदेशी पाहुनाका रूपमा आफ्नो तेस्रो सरकारका लागि विशेष भएको बताएका छन् । “प्रधानमन्त्री मोदीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, “पछिल्लो एक वर्षमा, हामीले १० पटक भेट्यौं, तर आजको भेट विशेष छ किनभने प्रधानमन्त्री हसिना हाम्रो तेस्रो सरकारको पहिलो विदेशी अतिथि हुनुहुन्छ।” भारतले चिकित्सा उपचारको लागि भारत आउने बङ्गलादेशी नागरिकहरूको लागि ई–मेडिकल भिसा सुविधा सुरु गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै प्रतिनिधिमण्डलको बैठकपछि बताएका छन् । भारतले देशको उत्तर–पश्चिम क्षेत्रका नागरिकका लागि सेवा सहज बनाउन बङ्गलादेशको रङ्गपुरमा नयाँ वाणिज्य दूतावास पनि खोल्ने भएको छ । शनिबार हैदरावाद हाउसमा भएको भेटपछि दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गरेका थिए । विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेश भारतका लागि छिमेकी पहिलो नीति, पूर्व नीति र भिजन सागर नीतिका लागि महत्त्वपूर्ण छ । हामीले गत वर्षमा धेरै विकास कार्यक्रमहरू सँगै पूरा गरेका छौं।” “भारतले चिकित्सा उपचारको लागि भारत आउने बङ्गलादेशी नागरिकका लागि ई–मेडिकल भिसा सुरु गर्नेछ । भारतले बङ्गलादेशको उत्तरपश्चिमी भागका नागरिकलाई फाइदा पुर्याउन रङ्गपुरमा नयाँ सहायक उच्चायोग खोल्ने निर्णय गरेको छ,” उनले भने । प्रधानमन्त्री मोदीले भारत र बङ्गलादेशले भारतीय रूपैयाँमा व्यापार गर्न थालेको बताए । उनले भारतीय ग्रिड प्रयोग गरेर नेपालबाट बङ्गलादेशमा बिजुली निकासी हुने गरेको पनि सो अवसरमा उल्लेख गरे । उनले गङ्गा नदी सन्धिको नवीकरणका लागि दुवै देशले प्राविधिक तहमा वार्ता गर्ने निर्णय गरेको बताए । हरित साझेदारी, डिजिटल साझेदारी, सामुद्रिक वातावरणको शोषण, संरक्षण र पुत्रूथानसँग सम्बन्धित अर्थतन्त्र (ब्लु इकोनोमी) र अन्तरिक्षबारे भएका सम्झौताले दुवै देशका युवालाई फाइदा पुग्ने गरी नयाँ क्षेत्रमा दुई राष्ट्रले सहयोगका लागि भविष्यको दृष्टि विकास गरेका र भारत–बङ्गलादेश मैत्री स्याटेलाइटले भारत– बङ्गलादेश सम्बन्धलाई नयाँ उचाइ दिने प्रधानमन्त्री मोदीले बताए ।

सम्बन्धित समाचार