अफगानीस्तान जस्तो कमजोर टिमले अष्ट्रेलियालाई २१ रनले हराए

37 Shares

एन्टीगा, एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर ८ मा आईतवार अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराउदै सनसनी मचाएका छन् ।
टस हारेर पहिलो ब्याटिंग गरेका अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा अलआउट हुँदै १२७ रन मात्रै बनाए ।
विश्वकपमा अष्ट्रेलिया अफगानिस्तान संग प्रतिष्पर्धा गरेको ६ खेलमा पहिलो हार बेहोर्नु परेको छ । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक÷एक विकेट लिए ।
अफगानिस्तानले ६ विकेट गुमाएर ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अन्य ब्याटर चलेनन् । अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।
अफगानिस्तान सुपर–८ को पहिलो खेलमा इन्डिया सँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो । एक÷एक खेलमा हार र जितको नतिजा निकालेका यी दुवै टोलीको दुई÷दुई अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया अगाडि छ ।
अब भोली हुने अष्ट्रेलियाले इन्डिया र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ । भोली अष्ट्रेलिया भारतबाट हारेपछि जारी विश्वकपबाट उनको यात्रा टुंगिनो छ । यो समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

 

सम्बन्धित समाचार