एसईई परीक्षा र नतिजा प्रकाशन गर्ने सम्बन्धि बार्षिक तालिका सार्वजनिक

46 Shares

रौतहट, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन र नतिजा प्रकाशन गर्ने सम्बन्धी शैक्षिक क्यालेण्डर तयार गरेको छ ।
एसईई परीक्षा संचालन एवं नजिता प्रकाशन गर्ने सम्बन्धि बार्षिक क्यालेण्डर अनुसार छुटैं तालिका तयार गरिएको हो । तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने भएका छन् ।
यसअघि एसइई सञ्चालन हुनुभन्दा एक वा दुई महिना अघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गते भित्र प्रकाशित गरिने जनाइएको छ ।
त्यती मात्रै नभई बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्त सम्म समय सिमा तोकिएको छ ।
कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गते देखि पुस ७ गतेसम्म हुने बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार