तराई टप संवाददाता
रौतहट, २१ असोज । रौतहटको लमहा जंगलमा बाघको आक्रमणमा परी विहिवार एक व्यक्ति घाईते भएको छ ।
चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पुर्वपश्चिम राजमार्गको लमहा जंगल स्थित पुल नजिक घाँस लिन गएका चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीलाई बाँघले आक्रमण गर्दा घाईते भएको हो ।
रायमाझी घरबाट साइकलमा दाउरा र घास लिन जाँदै गर्दा बाँघ देखिना साथ भाग्न खोज्दा पछाडीबाट आक्रमण गरेको पिडितले बताए । उनको दुवै हातमा चोट लागेको छ । रायमाझी साहित सात जनाको समुहमा दाउरा घाँस लिन जंगलमा जाँदै गर्दा बाँघले आक्रमण गरे । बाँघले आक्रमण गर्दा बन्चरोले प्रहार गरी आफूलाई जोगाउन सफल भएको रायमाझीले भने । घाईते भएको रायमाझी चन्द्रपुर स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका छन् ।
एकबर्ष अघि देखि शुरु गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा वयस्क बाघ रहेको फेला परेको थियो । रौतहटमा धनसर खोला पूर्व, वागमती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भैसकेका छन ।