सर्लाही प्रहरीले पाँच जना फरार प्रतिबादीलाई पक्राउ गरेर अदालत समक्ष पेश

60 Shares

सर्लाही, ९ असार । जिल्ल अदालत सर्लाहीबाट विभिन्न मुद्दामा फैसला भएर दण्ड जरिवाना भएका पाँच जना व्यक्तिहरलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराउन अदालतमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत फरार रहेका पाँच जना प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालत समक्ष बुझाइएको हो ।
वारदात पश्चात फरार रहेका विष्णु गाउपालिका वडा नम्वर ६ का शिवजी मण्डल विरुद्ध अपहरण तथा शरिर बन्धकमा जरिवाना ५० हजार, कौडेना गाउँ पालिका वडा नम्वर ७ का सुरेश साह विरुद्ध ज्यान मार्ने उद्योगमा जरिवाना ३० हजर, कौडेना गाउँपालिका वडा नम्वर ७ कै रुप सागर साह विरुद्ध ज्यान मार्ने उद्योगमा जरिवाना १० हजार, कविलासि नगरपालिका वडा नम्वर २ का कालु साह विरुद्ध कुटपिट अंगभंगमा जरिवाना ५ हजार र कविलासि नगरपालिका वडा नम्वर २ का जितेन्द्र साह विरुद्ध चेक अनादरमा ३ हजार जरिवानाको आदेश फैसला रहेकोमा पाँचै जनालाई नियन्त्रणमा लिएर अदालत समक्ष पेश गरिउको सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार