भ्रष्टाचारको दलदलमा भाँसियो नेपाल सरकारका मुख्यसचिव

57 Shares

रौतहट, ९ असार । जुन देशको मुख्य सचिव माथि आर्थिक अनियमितता गरेको लाग्छ भने त्यो देशमा कतिको भ्रष्टाचारको जरो गाडिएको होला त्यसलाई वर्णन गर्न सकिदैनन् ।
अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको गम्भीर आरोप नेपाल सरकारको मुख्य सचिव माथि लागेपछि निज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराउने प्रक्रियामा लागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्य सचिव माथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति कर्मचारीको इतिहासमा पहिलो घटना रहेको छ ।
मुख्य सचिव अर्याल सँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न थिए । सञ्चार मन्त्रालयको वार्षिक बजेटभन्दा बढी स्रोत सुनिश्चितता पाएको सुरक्षण मुद्रण केन्द्रले त्यसपछि अन्तशुल्क स्टिकर छाप्ने काम अघि बढाउन भन्दै प्रिन्टर आयात गरेको थियो । पछि सुरक्षण मुद्रण केन्द्रले पनि तेस्रो पक्षलाई ठेक्का दिइयो । त्यही ठेक्का प्रक्रिया माथि अख्तियारले प्रश्न उठाएको बुझिएको छ ।
अख्तियारले ठूलो माछालाई समाउने प्रयास गरिएको छ तर कति हद सम्म सफल हुनेछन् त्यो आउदो समयले नै देखाउला । अहिले हरेक निकाय लथालिंग अवस्थामा रहेका छन् । आर्थिक अनियमितता गर्नेहरुको बालबाला रहेको छ । संघ, प्रदेश र स्थानीय तहबाट गरिने विकास निर्माण देखि लिएर खरिद प्रकरणमा बिना आर्थिक चलखेलको सम्भव नरहेको बताइएको छ ।
असारे विकास गर्ने गराउने अहिले देशैभरी चटारो रहेको पाइन्छ । न होडिंग बोड छ, न उपभोक्ता समिति गठन छ, न ठेक्का लगाइएको छ तर धमाधम कार्यहरु भईरहेका छन् कसरी, कसको आदेशबाट यो सोचनिय विषय रहेको हुँदा सम्बध निकायको ध्यान जानु जरुरी देखिन्छ । जब मुख्य सचिव माथि नै आर्थिक अनियमितता गरेको आरोप लागिसकेको छ भने अन्य निकायको अवस्था कस्तो होला ? कल्पना गर्न सकिन्छ ।

सम्बन्धित समाचार