वैदेशिक रोजगार विभागको कार्यालय आठौं दिन आईटी आर्मीद्धारा घेराउ

52 Shares

काठमाडौं, ९ असार । वैदेशिक रोजगारमा जाने युवायुवतीहरुबाट अबैध रुपमा रकम ठगी गर्दै आइरहेका वैदेशिक रोजगार विभागको कार्यालय तहाचलन काठमाडौंलाई आईर्टी आर्मीले हातमा कालोपटी बाँधेर आईतवार आठौं दिन घेराउ प्रदर्शन गरेका छन् ।
आम जनता पार्टी निकट रहेका आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि विगत ८ दिन देखि घराउ प्रदर्शन संगै आन्दोलनलाई जारी राखेका हुन् ।
आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगबाट लिएको रकम फिर्ता गर, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर, बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर, वैदेशिक रोजगार पीडितहरूलाई न्याय देउ, विदेशमा अलपत्र परेकाहरुलाई तत्काल उद्धार गर लगायतको माग राख्दै आन्दोलनमा उत्रिएको आईटी आर्मीले जनाएको छ ।


असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर, निजी मेनपावरहरुलाई खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने प्रमुख मागहरु अघि सारेको बताइएको छ । यी मागहरु प्रति राज्य उदासिन बनेको हुँदा आन्दोलनमा उत्रनु परेका छन् ।
बेरोजगारहरुको खुलेआम व्यापार भईरहेको र ठगहरु सामु वर्तमान सरकार लाचार भएको परिस्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहले तराई टप संग कुरा गर्दै भने । उनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गर्दै मुलुकमा गम्भीर परिस्थितिको सृजना हुने संकेतहरु देखा परेपनि लोकतन्त्रका हिमायती भनाउनेहरु चिर निन्द्रामा सुतेको गम्भीर आरोप लगाए ।

 

सम्बन्धित समाचार