मौसम सम्बन्धी जानकारी, कस्तो रहला आजको मौसम ?

36 Shares
रौतहट, १० असार । मनसुनी प्रणालीको प्रभाव अहिले कोशी, मधेश, वागतमी सहित लम्बिनी प्रदेशमा कायम रहेको छ भने अन्य प्रदेशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् ।
महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने भएका हुन् । खासगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम बढ्ने छ वा त्यस्ता क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार