zoom app facebook how do i download the zoom us app zoom join meeting id number - zoom join meeting id number join a zoom meeting online with id - join a zoom meeting online with id how do i download a shared zoom recording zoom call meeting download free zoom download windos download zoom for all users

………..त्यसैले म गवार र देहाती !

   २२ आश्विन २०७८, शुक्रबार ०९:१८  

धर्मेन्द्र कुमार साह
हैट ! यो चाडपर्वले पनि कति नाम फेरेको ? म सानो छदा दियावती अनि ठुलो हुदै जादा दिपावली । म सानो हुदा चौकचना अनि ठुलो हुदै जादा तिज । ओह होइन नि,तिज त् छुटै पर्व हो नि । बस चौकचनालाई महत्वहीन बनाइदिएको मात्रै न हो । मेरो बुबाहरुले त होरी खेलेको अनि हामिले होलि । समय बदलिदै जाने अनि म आफुलाई बदल्न नसक्ने भएपछी त सबैले मलाई देहाती भन्ने अधिकार पाईहाल्छ नि ।
संगत सहरियाको गर्न सोच्ने अनि बानि खोर देहातीनै राख्ने ? जिवनमा कहिलै टाई नलगाएको म जस्ता गवार र देहाती सहरमा कतिनै होलान र ? हुन् त म आज सम्म कहिले धोति पनि लगाएको छैन , तर धोति प्रतिको मेरो मोहले पनि मलाई गवार र देहाती बनाउछ । हो र ! सबै साथीहरु सुट बुट टाईमा हुने अनि मैले चाहि आफनै स्वाभाविक पहिरनको कुरा गर्दा पनि व्यंग सुन्नु पर्ने ?
गाउबाट पले बढेको गाउले सोच बाल्यकाल देखि नै बिपन्न ,अभाव भएको वस्तीमा घुम्दै डुल्दै यो उमेरमा पुगेको । अनि जब गाउबाट पुरानो खटारा साइकलमा गौर बजार पुग्न थाले अनि मेरो लागि त्यो दुनिया सहज भएन अहिले पनि छैन ।। मलाई मेरो एउटा रोचक कथा याद छ , देहातको बहु संख्याक छोराहरु झैँ म आफ्नो बुबालाई “बाबु “ भन्न छु । मेरो आम देहाती बच्चा झैँ पढ्ने उमेर ढिलो गरि सुरु हुदै थियो । मेरो बुबा स्कुलमा नाम लेखाउन जानु भएको बेला स्कुलका हेड सरले मेरो जन्मदर्ताको प्रमाण पत्रको फोटो कपि लिएर आउनु भने पछि मेरो बुबाले जन्मदर्ताको सट्टा गौरको स्टुडियोबाट मेरै फोटो खिचाएर जानु भएको थियो फोटो कपि र फोटो बिचको अन्तर नसम्झेर मेरो फोटो खिचिएको थियो । मेरो स्कुल शिक्षाको प्रस्थान बिन्दुनै यस्तो रोचक छ अनि ।

म प्राय जसो सिलाएको पैन्ट ,शर्ट र काधमा गमछा राख्छु । मेरो लागि त्यो नै मेरो स्वाभाविक पहिरन हो । अति जाडो भएको बेलाको बाहेक म चप्पल लगाउछु । शर्ट संगै देहातमा लगाउने कुर्ता पनि मेरो लागि स्वाभाविक पहिरनानै हो । यो पहिरन मेरो मात्रै नभएर म जस्ता लाखौ देहातीहरुको हो । होइन, यो पहिरन त् आफु अनुकुल हुने गरि लगाउने होइन र ? अनि पहिरनले पनि मान्छेको बौद्धिकता मापन गरि दिने यो कस्तो आधुनिकता हो ? म पर्व त्योहारको कुरा गर्दा पनि गवार, म धर्म संस्कृतिको कुरा गर्दा पनि गवार, सानै देखि लगाउदै आएको आफु अनुकुलको कपडा लगाउदा पनि गवार हुदा हुदै मैले खाने खाना तथा बोल्ने भाषा पनि गवार र देहाती रे । मकैको भुजा खाने गवार अनि पप्कन खाने आधुनिक, दाल र रोटि खाने गवार अनि दाल फ्राई खाने आधुनिक, रोटि खाने गवार अनि पिज्जा बर्गर खाने आधुनिक, केहि बर्ष पहिला सम्म हामीले कहिले नदेखेको नसुनेको मोमो ,चाउमिन जस्ता तैयारी खाना खाने आधुनिक । हो यदि यहि नै आधुनिकता र देहाती बिचको फरक हो भन्ने म पक्कै पनि देहाती र गवारनै हो । मैले यहा “म” लेखे पनि यस्ता गवार र देहाती म एक्लै भन्ने छैन । म गाउको सामुदायिक बिधालय्बाट अध्यन गरकोले स्वाभाविक रुपमा मेरो अंग्रेजी भाषा कमजोर छ । अनि जब म आफ्नो मातृभाषामा कुरा गर्छु अनि फेरी म गवार । मैले पढेको बिधालयमा पाएको शिक्षाकको कुनै सर्त र कुनै भाषा थिएन । मेरो घरमा मातृभाषा बाहेकको भाषा बोल्ने कोहि थिएन । संसारले भन्ने गरेको देहाती पोशाक बाहेक आधुनिकतामा रमाउने सम्म पनि थिएन । अनि त्यही घरको स्कुलिङ्गबाट आएको म जस्ता लाखौ देहातिले कथित आधुनिकता संग लजाएरै त् बस्नु पर्ने हो नि । त्यसमा पनि मैले बोल्ने मातृभाषामा सकभर आयातित शब्दको कम प्रयोग होस् भन्ने चाहना राख्छु । रोचक त् के छ भन्ने मेरै कतिपय सहकर्मीहरु समेत भित्र भित्रै देहाती ठान्छन । भल्ले मेरो अगाडि बोल्ने आट नहोला । आट आओस कसरि । उनि पनि त् त्यहि देहातबाट आएको न हो । खालि सहरी हावाले कृत्रिम परिवर्तनमा रमाएको छ । ति साथीले आयातित संस्कृतिलाई श्रेष्ठ ठाने , मैले आफ्नै मौलिकतालाई बोकेर हिड्न खोजे । उनले आफ्नै भाषा भित्रको रस र मिठास तथा सहजतालाई नबुझ्ने प्रयास गरे अनि मैले भाषालाई अभिव्यक्तिको एक माध्यम ठानेर आफ्नै लवजमा रमाई रहे । उनलाई युरोपियन अमेरिकन पर्व मनाउने रहर जाग्यो, मा आफ्नै सभ्यताको प्राकृतिक पुजामा रमाए । तिनले समाजलाई गुगलबाट बुझ्न खोजे अनि म संसार चिन्न गाउ गाउ डुल्न थाले । मैले नदीमा स्नान गर्ने र बाथरुम भित्र सावर लिने बीच कहिले फरक छुट्याउन खोजिन ।
म खोर गाउको । सहरियाले भन्ने किचन देखि बेड रुम सम्म सबै एउटै । बाख्रा भैसी घरकै सदस्य जस्तो । अनि जब म भैसीले दिएको दुध खाएको गर्व गर्छु अनि पौकेट बाट दुध किन्ने हरुले मलाई हिन आखाले देख्न थाल्छन । हैन यो पौकेट्मा आएको दुध म जस्तै साना किसानहरुको घरको भैसीले दिएको होइन ? उत्पादन पनि मैलेनै गर्ने अनि देहाती पनि म नै हुने ? मैलेनै पालेको खसी,बाख्रा र कुखुराको परिकार खानेहरु आधुनिक अनि म देहाती । जब खेतबाट काम गरेर मेरा बुबाहरु गोधुली साझ घर आउछन अनि तिनको पसिनाको सुगन्धलाई दुर्गन्ध मानेहरु आधुनिक । पौकेटको दुध खानेहरु, बोतलका पानि खानेहरुको लागि ति सबै देहात र गवार हुन् जसले उत्पादन गर्छन । ति सबै गवार हुन् जसले आफ्नै विरासतलाई बचाउन खोजेका हुन् । हो यदि यहिनै देहातिको पहिचान हो भन्ने म गौरवका साथ् भन्छु म देहाती र गवार हो । मेरो लागि मेरा बुबाहरुको बिरासतनै आधुनिकता हो । सहि अर्थको आधुनिकता ,बैज्ञानिक आधुनिकता । यो गवार र देहाती बन्ने मेरो मात्रै अभियान होइन, म जस्ता लाखौ देहातिहरुको अभियान हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै