चिनियाँ विदेशमन्त्री सुन वेइडोङ तीन दिने भ्रमणको शिलशिलामा आज काठमाडौं आउदै

45 Shares

रौतहट, १० असार । उत्तरी छिमेकी देश चीनक उपविदेश मन्त्री सुन वेइडोङ आज सोमवार तीन दिने नेपाल भ्रमणको शिलशिलामा काठमाडौं आउदै छन् ।
जनवादी चीनका उपविदेश मन्त्री वेइडोङले भ्रमणका क्रममा असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने कार्यक्रम सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएका हुन् ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुने जनाएका छन् । भ्रमणका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।
त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार