पत्रकार मोजिबुल्लाह जस्तो प्रहरीको शिकार बनिन महिला उद्यमी लामिछाने

   २३ आश्विन २०७८, शनिबार ११:१०  

तराई टप संवाददाता
गरुडा (रौतहट), २३ असोज । लागु औषध राखेर मान्छेलाई फसाउने कार्य नेपाल प्रहरीको लागि नौलो होइन । कहिले पत्रकारलाई फसाइयो अहिले महिला उद्यमीलाई फसाउनु संयोग नभई सुनियोजित ढंगबाट फसाउने कार्य यतिखेर रौतहटमा देखापरिरहेका छन् ।
लागु औषध जस्तो संगिन अपराधमा मानिसलाई फसाउनु पर्ने नियत नेपाल प्रहरीमा कार्यरत केही व्यक्तिहरुको कारण सिंगो संगठन बदनाम हुदै गएको भएपनि यस्ता कार्यमा गहिरिएर अनुसन्धान गर्नुको साटो हतार हतारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडी बढाउने कार्यबाट प्रहरी माथि जनताको विश्वास उठ्दै गएका हुन् ।
असोज १९ गते राति ९ बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नम्वर ८ निवासी खड्गबहादुर पौडेलको २८ बर्षिय श्रीमती रेणुका लामीछानेलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिए । उनी माथि ५० एमएलको ७ थान प्रतिबन्धित लागुऔषध कोरेक्स ल्याएको संगिन आरोप लगाएर हिरासतमा लिइयो । हिरासतमा लिएको भोलिपल्ट उनी सहित बरामद भएको ना.१ ज ५६१८ नम्वरको जिप चालक गौर नपा ३ का ४७ बर्षिय पवन यादवलाई जिल्ला अदालत गौरबाट २० दिनको लागु औषधमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाए ।
चन्द्रपुर नपा ८ सन्तपुरमा विजया दश्मीको अवसरमा जुत्ताको कारखाना संचालन गर्ने तरखरमा रहेकी नविनतम उद्यमी लामिछानेले भारतको आगराबाट जुत्तामा लाग्ने नाइनलको सोल किनेर बैरगनिया नाकाबाट गौर भित्रयाइयो । उक्त सोल गौर भन्सार कार्यालयमा ४ दिन सम्म बसेपछि भन्सार क्लिीयरिंग एजेन्ट कौशल साहको फर्मलाई भन्सार काटेर पठाउने जिम्मा दिइयो । भन्सार कार्यालयको परिसरमा ८ वटा पोकालाई एक एक केलाएर भन्सार प्रमुखको रोहवरमा चेकजाँच गरेपछि पुन ः पोकालाई सिल गरियो तथा उक्त पिकअपमा सामानको पोका लोड गरियो । त्यही वेला सामानधनी लामीछाने गौर भन्सार गेटमा अर्को गाडीबाट पुग्दा तपाईको सामानको प्रज्ञापन पत्र काटिसक्यो लिएर जानु भन्दा सामान लोड भएको जिप अघि र लामिछाने चढेको जिप पछि पछि सन्तपुर तिर हिड्यो ।

सामानबाट कोरेक्स बरामद भएको निहुँमा नविनतम उद्यमीलाई प्रहरीले हिरासतमा लिन अघि गहन अनुसन्धान गर्नु पथ्यो कि पर्दैनथ्यो ? भन्सार कार्यालय परिसर र बाहिर सिसिटिभी क्यामरा जडान रहेको अवस्थामा फुटेज किन हेरिएन ? एकाएक लागु औषध मुद्दामा म्याद थप गर्नु प्रहरीको नियत माथि गम्भीर प्रश्न चिन्ह खडा भएको आरोप पिडित महिलाको परिवारले लगाएको छ ।


गौरबाट हिडेको यमुनामाईको बम नहरमा डिउटीमा रहेका सशस्त्र प्रहरीले चेकजाँच गरेर पठाएपनि इप्रका गरुडाको अगाडी एम्बुस थापेर बसेका प्रहरीले उक्त जिप आउना साथ भित्र लगे पछि सोलधनी लामिछानेले सोध्दा किन भित्र ल्याउनु भएको भन्दा तत्कालिन कमाण्डिंगमा रहेका प्रहरी निरीक्षक राजाराम केशरीले यसमा ठूलो परिमाणमा लागु औषध छ त्यसैले भित्र ल्याएको भन्दा आफूलाई लाग्यो प्रहरी हिरासतमा रहेकी ति महिलाले भनिन ।
सात नम्वर पोकामा लागु औषध ठूलो परिमाण छ भन्दै पोका खोल्दै जाँदा कालो प्लोस्टिकको झोला भित्र सात थान कोरेक्स फेला परेको तर ति कोरोक्स कहाँबाट आयो आफूलाई थाहा छैन, कसले राख्यो, किन राख्यो कुनै जानकारी नै छैन । जब भन्सार कार्यालयमा एक एक केलाएर हेर्दा केही थिएन गरुडामा खोल्दा कोरेक्स बाहिरिनु कतै न कतै मलाई फसाउने षड्यन्त्र भएको उनले संचारकर्मी समक्ष भनिन ।
सामानबाट कोरेक्स बरामद भएको निहुँमा नविनतम उद्यमीलाई प्रहरीले हिरासतमा लिन अघि गहन अनुसन्धान गर्नु पथ्यो कि पर्दैनथ्यो ? भन्सार कार्यालय परिसर र बाहिर सिसिटिभी क्यामरा जडान रहेको अवस्थामा फुटेज किन हेरिएन ? एकाएक लागु औषध मुद्दामा म्याद थप गर्नु प्रहरीको नियत माथि गम्भीर प्रश्न चिन्ह खडा भएको आरोप पिडित महिलाको परिवारले लगाएको छ ।
बडा दशै पर्वमा व्यापार सुरु गर्न लागिएको व्यक्ति बदनियत तवर एवं प्रहरीको फितलो अनुसन्धानको कारण कालकोठरीमा पुगेकी महिला माथि ठूलो अन्याय भएको ति परिवारको भनाई रहेको छ । गत साउन ३२ गते प्रहरीकै संलग्नतामा पत्रकार मोजिबुल्लाहको बाइकमा लागु औषध नाइट्रोभेट राखेर फसाउने काम गरियो अहिले आएर नविनतम उद्यमी महिलालाई फसाउने कार्य भयो यस्तो कार्यबाट जनता कसरी सुरक्षित रहला र प्रहरी माथि कसरी विश्वास गर्ला सर्वत्र प्रश्न उठेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै