काठमाडौं, ११ असार । आईटी आर्मीद्धारा वैदेशिक रोजगार विभागको कार्यालय तहाचललाई मंगलवार दशौं दिन घेराउ प्रदर्शन गरेका छन् ।
आम जनता पार्टी (आजपा) निकट रहेका आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज दशौ दिन पनि नाराजुलुश सहित वैदेशिक रोजगार विभागको कार्यालयलाई घेराउ प्रदर्शन गरेका हुन् ।
९ दिन सम्म वैदेशिक रोजगार विभागको कार्यालय अगाडी धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी गरे ।
सरकार र विभागको बिरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले कानमा तेल हालेर बहिरो जस्तै भएर व्यवहार गरिरहेको गम्भीर आरोप प्रदर्शनमा उत्रिएकाहरुल लगाए । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी आइटी आर्मीले दए ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकार आफूहरुको माग सम्बोधन गर्नमा ढिलाई गरेकोमा आन्दोलनलाई अझ थप सशक्त एवं कडा बनाउँदै अगाडी बढने बताए । चर्को गर्मीका बीचमा विगत नौं दिनदेखी वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भईरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी उनले गरे ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदार सँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको छ ।
विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन