रौतहंट, ११ असार । रौतहट प्रहरीले राजस्व छलेर नेपाल भित्रयाइएका करिव ६ लाख मल्य बराबरको औषधी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा सोमवार राति साढे १० बजेको समयमा महोत्तरीबाट काठमाडौं तर्फ गईरहेका मधेश प्रदेश–०३–००१ ख ७९९५ नम्वरको यात्रुबाहक बसलाई चन्द्रपुर नगरपालिका वडा नम्वर १ पूर्व पश्चिम राजमार्गको पौराई स्थित सडकमा रोकेर चेकजाँच गर्दा बसको डिक्कीबाट राजस्व छलेर ११ कार्टुन औषधी लगिरहेको अवस्थामा बरामद गरिएको हो ।
रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बेवारिसे अवस्थामा बसबाट बरामद गरिएका औषधीको अन्दाजी मूल्य ६ लाख ४ हजार ८ सय रहेको मूल्याँकन गरेर आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथैयामा बुझाइएको बताए । राजमार्गमा अहिले निकै कडाईका साथ चेकजाँच सुरु भएपछि धमाधम भन्सार छलीका सामानहरु बरामद हुन थालेको उनले भनिन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन