महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको प्रमुख मोनिका जयसवालले कार्यक्रम माथि प्रकाश पार्दै
दुर्गा भगवती (रौतहट), १२ असार । दुुर्गा भगवती गाउँपालिकामा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी संस्था र सरोकारवाला बीचको समन्वय बैठक र बाल विवाहको तथ्याँक तथा गतिविधिहरुको सार्वजनीकरण गरियो ।
दुर्गा भगवती गापा अध्यक्ष शम्भुकुमार सिंहको विशेष पहलमा “बालविवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान” अन्तर्गत दुर्गा भगवती गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा गंगापिपराद्धारा सरस्वती माध्यमिक विद्यालयको सभाकक्षमा बुधवार आयोजित उक्त कार्यक्रममा बाल विवाह सम्बन्धी आधिकारीक तथ्याँक सार्वजनिक गरिएका हुन् ।
उक्त सार्वजनीकरण कार्यक्रममा पालिका भित्र कार्यरत संघसंस्थाहरु अभियान नेपाल, एनएफसिसि र आरसिएफएमले अहिले सम्म गरेका कार्यहरु, गर्नुपर्ने गतिविधिहरु वारे स्लाईड मार्फत प्रस्तुत गरेर सहभागीहरुलाई जानकारी गराए ।
बाल विवाह न्यूनीकरण गर्नका निमित्त अहिले सम्म पालिकाबाट भएका सकारात्मक कार्यहरुमा एसइइ को फ्रि कोचिंग, सुचिकृत धार्मिक अगुवाहरु मार्फत सार्वजनिक स्थान र धार्मिक समारोह तथा स्थलमा प्रवचन तथा धर्मगुरुहरुलाई सम्मान, स्थानीय बाल अधिकार समितिको नियमित बैठक तथा समिक्षा, स्थानीय स्तरमा भएका बाल विवाह न्यूनिकरणमा काम गर्ने औपचारिक तथा अनौपचारिक संरचनाहरुको क्षमता अभिवृद्धि, बालविवाह न्यूनिकरणको क्षेत्रमा कार्यरत पालिका भित्रको अन्य संघ संस्थाहरु संग समन्वय बैठक संचालन, सेवा निवृत कर्मचारीहरु सहितको सम्पन्न र बोलबाला व्यक्तिरुको समिति गठन, उदाहरणीय परिवारको प्रचार प्रसार अन्तर्गत घरभेट वा आमा छोरी अन्तरकृयिा तथा समाजिक संचाजलमा प्रचार प्रसार र बाल विवाह न्यूनिकरण सम्बन्धी वडाभरी अन्तरक्रिया कार्यक्रम, सूचिकृत धार्मिक अगुवाहरु मार्फत सार्वनिक स्थल र धार्मिक समारोहमा बाल विवाह सम्बन्धी जनचेतना, वडाध्यक्ष र सचिवलाई सम्मान र पुरस्कार, २० बर्ष पछि छोरीको विवाह गर्ने अभिभावकलाई सम्मान एवं पुरस्कार दिइएको, किशोरीहरलाई सीपमूलक विकास तालिम लगायतका कार्यहरु ति गैर सरकारी संघसंस्थाहरुबाट संचालन गराएर पालिकामा बालविवाहको अवस्थालाई छोटो समयमा नै धेरै नियन्त्रण गर्न सफल भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मोनिका जयसवालले जानकारी दिइन् ।

पछिल्ला तिन आर्थिक बर्षको तथ्याँक हेर्ने हो भन्ने, २०७७–०७८ मा ४२ प्रतिशत, २०७९–०८० मा २८ प्रतिशत तथा २०८०–०८१ को जेठ महिना सम्म १५ प्रतिशत बालविवाह भएको छ । दुर्गा भगवती गाउँपालिकाको आर्थिक प्राविधिक सहयोगमा डाटाहरु प्रत्यक घरमा गएर संकलन गरिएका आधारमा धेरै सुधार हुँदै गएको शाखा प्रमुख जयसवालले भनिन ।
नियमित रुपमा अभियान संचालनमा रहेको हुँदा आउदो समयमा बालविवाह गर्नेको संख्या दुर्गा भगवातीमा शुन्यमा झर्ने विश्वास उनले व्यक्त गरिन ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंह, वडाध्यक्षहरु धर्मेन्द्रकुमार झा (डिके), रामानन्द यादव, वडासचिव उमेश चौधरी, रामबाबु यादव, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रभातकुमार झा, आलोक पाण्डे, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

२० बर्ष पारी छोरीको विहेवारी गर्ने अभिभावक सम्मानित
गत साता दुर्गा भगवती गाउँपालिकाको गंगापिपरा स्थित सामुदायिक भवनमा आयोजित बालविबाह न्यूनिकरणको लागि २० बर्ष पछि आफनो छोरीको विवाह गर्ने अभिभावकहरुलाई सम्मान तथा पुरस्कार कार्यक्रममा ११० जना अभिभावकलाई सम्मान गरिएका थिए ।
जस मध्ये २८ जना दलित अभिभावकलाई ११ हजारको दरले नगद पुरस्कार सहितको सम्मान पत्र गाउपालिका अध्यक्ष शम्भु कुमार सिंहले हस्तान्तरण गरेको थियो । त्यती मात्रै नभई सबै भन्दा कम बालविवाह भएको वडा नम्वर ३ मत्सरी र वडा नम्वर ४ पचरुखी भएकोमा ति वडाध्यक्ष तथा सचिवलाई पनि सम्मान गरियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन