धनुषाको नगराईनमा दुई नबालकको हत्या पछि आमाले गरिन आत्महत्या

   २३ आश्विन २०७८, शनिबार ११:५९  

तराई टप संवाददाता
जनकपुर, २३ असोज । धनुषा जिल्लाको नगराईन नगरपालिकामा दुई छोराको हत्या गरेर आमाले गरिन आत्महत्या ।
नगराईन नगरपालिका वडा नम्वर ४ लगमा गाउँका गुरुदेव साहकी श्रीमती गुडिया देवी साहले दुई नवालक छोराको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी थिचेर हत्या गरेपछि गुडियाले पनि घाँटीमा पासो लगाएर आत्महत्या गरिन ।
गुडियाका श्रीमान् साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरा सहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै