रौतहट, १३ असार । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत अंक ल्याएर उर्तिण हुने अञ्जली कुमारी झाले मत्सरी मात्रै नभई सिंगो रौतहट जिल्लाको शान बढाएकी छिन् ।
रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी निवासी अशोक झा छोरी अञ्जलीकुमारी झा दुर्गा भगवती वडा नम्वर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा कक्षा १ देखि अध्ययन गरेका थिए । उनी पढ्नमा अत्यन्तै लगनशिल मेहनेती को साथै एकदमै अनुशासित छात्राको रुपमा रहेको उक्त विद्यालयको संस्थापक अश्वीन चौधरीले बताए ।
कक्षा ८ देखि नै उनी सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाबाट एसइई परीषामा सहभागी भइन् । ०३५००४६६ एच सिम्बल नम्बरबाट एसईईको परीक्षा दिएकी थिइन । आज नतिजा प्रकाशित हुँदा उनी शतप्रतिशत अर्थात (४ जिपीए) ल्याए जुन नेपालमै १८६ जनाले मात्रै ल्याउन सके ।
आज प्रकाशित भएको एसईईको परीक्षाको नजितामा देशभरीमै शतप्रतिशत (४ जिपिए ) नम्वर ल्याएर १८६ जना छात्रछात्राहरु उतिर्ण भएका मध्ये रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरीका छात्राले पनि आफ्नो नाम र स्थानलाई २०८० सालको एसईई परीक्षामा स्वर्णीम अक्षरले लेखाउन सफल भएकी छिन्् । समाचार तयार पारुणजेल सम्म रौतहट जिल्लाकै पहिलो तथा देशमै उत्कृष्ट छात्रा बन्न सफल भएकी छिन् ।
सर्बोत्कृष्ट बनेकी अञ्जलीकुमारी झा र उनका परिवारलाई तराई तटले धेरै धेरै बधाई तथा शुभकामना दिदै अगामी यात्रा अञ्जलीको फलदायी एवं लक्ष्य प्राप्ती होस भने माँ भगवती संग कामना तराई टप ले गर्दछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन