अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, कम्त्तीमा ५० जना भन्दा बढिको मृत्यु

   २३ आश्विन २०७८, शनिबार १२:०८  

अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
शुक्रबारको नेमाज पढिरहेको समयमा भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडे पछिको सबैभन्दा ठूलो आत्मघाती हमला भएको हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणबाट उक्त मस्जिदमा प्रार्थना गरिरहेको मानिसहरुको शव यत्रतत्र छरिएका थिए ।
आक्रमणमा परेर एकसय भन्दा बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदाय माथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।
अफगानिस्तानमा आइएस के ले लगातार तालिबान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौ पटक विष्फोट गराइसकेको छ । शुक्रबार पनि मस्जिदमा नामाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले शरीरमा बाँधिएको विष्फोटक पदार्थ विष्फोट गराएका थिए ।
मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका थिए । घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघले घटनाको भर्त्सना गर्दै शुक्रबार भएको विष्फोटको घटना ‘एक धार्मिक संस्थालाई लक्षित गरी यो हप्ता भएको तेश्रो घातक हमला’ भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै