इंग्लैन्डलाई ६८ रनले हराउदै भारत फाइनलमा प्रवेश

38 Shares
गयाना, एजेन्सी । आईसीसी टी–२० विश्वकपको दोश्रो सेमिफाइनल खेलमा इंग्लैन्डलाई डोमिनेट गर्दै भारत फाइनलमा प्रवेश गरेका छन् ।
पटक पटक बर्षाले खलल पुर्याएपनि टस हारेर पहिलो ब्याटिंग गरेका भारतको लागि सुखद भएन सुरुमै विराट कोहली र रिसब पन्तको विकेट गुमाए । पावरप्लेमा ४६ रनमा २ विकेट गमाएका भारतको लागि क्याप्टेन रोहित शर्माको आकर्सक आफ सेन्चुरी र सुर्य कुमारको उत्कृष्ट ब्याटिंगको कारण २० ओभरमा १७१ रन बनाउन सफल भएका थिए ।
१७२ रनको टार्गेट लिएर ब्याटिंग गर्न आएका इंग्लैन्डले पाबरप्लेमै ३९ रनमा तिन विकेट गुमाउदै ब्याकफुटमा आए । १६.४ ओभरमा १०३ मा अलआउट भएर इंग्लैन्ड ६८ रनबाट पराजित भएर घर फर्किनु परे ।
भारतको लागि अक्षर पटेलले ३, कुलदिप यादवले ३, जसप्रित बुमराहले २, दुई जन रन आउट गरेका थिए । सम्पन्न खेलमा भारत ब्याटिंग, बलिंग, क्षेत्ररक्षण र क्याप्टेन्सी सबै उच्च रहयो जसको कारण भारत एकतर्पी रुपमा इंग्लैन्डलाई हराएर फाइनमा प्रवेश गरे जहाँ भोली शनिवार दक्षिण अफ्रिका संग उपाधीका लागि भिड्ने छ ।

सम्बन्धित समाचार