21
Shares
सर्लाही, १४ असार । वागमती नगरपालिका स्थित मिलनचोक घर भएकी एक ६४ बर्षिया महिला चट्याङ को चपेटामा परेको मृत्यु भएको छ ।
सर्लाहीको वागमती नगरपालिका वडा नम्वर १ मिलन चोक घर भएका दिलबहादुर आले मगरको श्रीमती गोमा आले मगरको चट्याङ को चपेटामा परेर शुक्रवार विहान मृत्यु भएको हो ।
आज विहान खेतमा काम गरिरहेको अवस्थामा अचानक पानी र अकाशमा गडयामगुडयुम गर्न थालेपछि खेतको आलीमा बसिरहेको अवस्थामा चट्याङ को चपेटामा परेर गम्भीर घाइते भएकी थिइन् । निजको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन