सर्लाही, १४ असार । विभिन्न मुद्दामा अभियोग लागेर फैसला भई फरार रहेका ८ जना प्रतिवादीलाई सर्लाही प्रहरीले फक्राउ गरेर आवश्यक कारवाहीको लागि अदालत समक्ष पेश गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने गराउने सिलसिलामा यस कार्यालय सहित मातहतका कार्यालयबाट खटिएको प्रहरीले ८ जना फरार प्रतिबादीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि बुझाएका हुन् ।
सर्लाही इश्वरपुर नपा ६ का अजमल अंसारीलाई ज्यान मार्ने उद्योगमा धरौटी रकम २० हजार, विष्णु गापा ६ का रुपेश मण्डल माथि अपहरण तथा शरिर बन्धकमा धरौटी रकम २५ हजार, लालबन्दी नपा १७ का ब्रम्हदेव राय माथि वन मुद्दामा एक महिना कैदै र १८८२ रुपैया जरिवाना, इश्वर नपा ८ रामपुरका रम्भा विक विरुद्ध ज्यान मार्ने उद्योग, मलंगवा नपा २ विश्वकर्मा चोकका अताबुल साह विरुद्ध बहुविवामा धरौटी १५ हजार, जमुनिया ४ हाल कविलासी नपा ३ सियन्ती देवी विरुद्ध कुटपिट र जरिवाना, जमुनिया ४ हाल कविलासी नपा ३ सियाशरण राय, सोही स्थानका फुलकलिया देवी विरुद्ध कुटपिटमा दण्ड सजाय सुनाएका थिए ।
पक्राउ परेका आठै जनालाई आवश्यक कारवाहीका लागि मलंगवा अदालतमा बुझाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन