रमेश ठाकुर
बारा, १५ असार । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई शुक्रवार राति पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढमा प्राप्त विशेष सुचनाको आधारमा गस्तीमा निस्किएका प्रहरीले गएराति सिम्रौनगढ नगरपालिका वडा नम्वर ५ ठूलो ईटबालमा बागमती प्रदेश–०१–०२९ च ६७५२ नम्वरको पिकअप गाडीलाई नियन्त्रणमा लिएर चालक र सहचालक अनुसन्धान पछि अनलोड गरिएका घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्न सफल भएका हुन् र
सिम्रौनगढ नगरपालिका वडा नम्वर ५ ईटबाल स्थित मनोजकुमार साहको घरमा खानतलासी गर्दा १६ पोका अर्थात २०१ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले बताए । पिकअप चालक धादिङ निलकण्ठ नगरपालिका वडा नम्वर ८ २२ बर्षिय सुजन अधिकारी र सहचालक धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्वर १ का २३ बर्षिय रमेश नेपालीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको हो ।
नियन्त्रणमा लिइएका चालक र सहचालकलाई लागुऔषध ओसार पसार कसुरमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन