incucyte zoom 2016b exe download share zoom download zoom app download for pc 64 bit why is my laptop mic not working on zoom zoom meeting download free for pc

बेल न्यौतन कार्यक्रममा हेलिकप्टरबाट पुष्प बर्षा

   २५ आश्विन २०७८, सोमबार १८:०८  

तराई टप संवाददाता
मत्सरी (रौतहट), २५ असोज । असोज शुल्क षष्ठी तिथि अर्थात दुर्गा पुजाको छठौं दिनमा दुर्गा भगवतीको लागि बिल्वको जोडा फललाई निमन्त्रण गर्ने परम्परा अनुसार दुर्गा भगवतीको मत्सरी सहित जिल्लाको विभिन्न स्थानहरुमा विल्व निमन्त्रण गर्न निस्किएको शोभा यात्रामा हेलिकप्टरबाट फुलको बर्षा गरी धुमधामको साथ सम्पन्न गरिएको छ ।
हिन्दुहरुको महा पर्व दशैको शुभ उपलब्क्षमा मत्सरी, गंगापिपरा, गरुडा, शुकदेवचोक, पथरा, बसतपुर, ब्रम्हपुरी, गौर, राजपुर, शिवनगर, चन्द्रपुर, कटहरिया लगायत जिल्लाको दर्जनौ स्थान सहित देश विदेशमा समेत दुर्गा पुजा अन्तर्गत विल्व निमन्त्रण कार्य भव्यताका साथ सम्पन्न गरिएको हो ।


खास गरी दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरमा तान्त्रिक पद्धतीबाट गरिने पुजाको महत्व नै फरक खालको रहेको छ । विल्व निमन्त्रण कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन मत्सरी ग्रामवासीद्धारा चार्टर गरिएको हेलिकप्टरबाट माँ जगदम्बाको मन्दीर सहित शोभा यात्रामा अकाशबाट पुष्प वृष्टि गर्दा माहौल नै देव भुमिको रुपमा परिणत भएको थियो ।
हजारौं भक्तजनहरको घुइचो भएको शोभा यात्रा दुर्गा भगवतीको वडा नम्वर २ स्थित शिव मन्दीरमा रहेको विल्वको रुखमा जोडा विल्वको पुजा गरी त्यो फललाई पहेलो कपडाले बाधिने गरिन्छ । भोली पल्ट पुन शोभा यात्रा गई पुजा पाठ पश्चात उक्त फल टिपेर सप्तमी तिथि अर्थात कालरात्रीको दिन भगवतीको मन्दीरमा ल्याएर पुजा गरी विल्व निमन्त्रणको महत्व हुने गरेको दुर्गा मन्दीर मत्सरीका प्रमुख आचार्य पवनकुमार झाले बताए ।
पुजा समितिको आयोजना आयोजित हरेक कार्यमा मत्सरीको युवा, समाजसेवी, राजनितिकर्मी, विद्धिजिवी, महिला एवं मत्सरी बाहिरको शुभचिन्तकहरुको सहयोग सदभावको कारण ठूलठूला कार्यहरु पनि सफलतापूर्वक सम्पन्न हुने गरेको पुजा समितिको अध्यक्ष उमेश चौधरीले बताए ।
पुजालाई सभ्य एवं व्यवस्थित बनाउन युवाहरुको भुमिका सकारात्मक भएमा यो पुजाको महत्व अझ धेरै बढेर जाने छ । पुजा एउटा जाती एवं एउटा वर्गको नभई समस्त हिन्दु धर्मावलम्विहरुको साझा पुजाको रुपमा नै मन्दिरलाई विकसित गर्दै अगाडी बढाइएको हुँदा समस्त मत्सरीबासीहरुको अपार माया सदभाव रहेमा मन्दीरलाई भव्य बनाउने दृढं संकल्पित हुनुपर्ने समय आइसकेको वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) ले आवश्यक्ता महसुस गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै