प्रतिकारात्मक तस्वीर
सर्लाही, १६ असार । सर्लाहीको हरिपुर नगरपालिकाको हरैया गाउँ छेउको मकैबारीमा शनिवार राति महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेका छन् ।
हरिपुर नगरपालिका वडा नम्वर ४ हरैया गाँउ निवासी ठगा रायको ४५ बर्षिया श्रीमती कृष्णादेवी रायको हत्या भएको अवस्थामा गएराति १० बजेको समयमा शव फेला परेका थिए ।
गाइबस्तुको लागि घरबाट घाँस लिन हिजो अपरान्ह् ४ बजेपछि घरबाट निस्किएकी थिइन् । तर अबेर सम्म घर नफर्किदा श्रीमान सहित छारा संगै छिमेकीहरु संग खोजी कार्य गर्दै जाँदा घर भन्दा ५ सय मिटर पूर्वमा रहेका आफने मकैबारीमा ९.३० बजेको समयमा मृत अवस्थामा शव फेला परेपछि प्रहरीलाई खवर गरेको थियो ।
तत्कालै घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा मृत महिलाको शरिरमा निल डामहरु देखिदा हत्या हुन सक्ने आशंका प्रहरीले गरे । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
“घटना शङ्कास्पद रहेकाले हामी अनुसन्धानमा लागिरहेका छौँ,” डिएसपी श्रेष्ठले भने । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेर आवश्यक अनुसन्धान जारी रहेको तथा चाँडै दोषिलाई नियन्त्रणमा लिने उनले दाबी गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन