रौतहट, १६ असार । मर्यादा विपरित कार्य गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले रौतहटमा कार्यरत दुई प्रहरीलाई हेडक्वाटरमा तानेको बुझिएको छ ।
इलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी नायव निरीक्षक मनोजकुमार पाण्डे र इलाका प्रहरी कार्यालय मौलापुरमा कार्यरत प्रहरी जवान दिपेन्द्र सिंहलाई प्रहरी प्रधान कार्यालयमा तोनेको श्रोतबाट बुझिएको हो ।
श्रोतका अनुसार रौतहटको पश्चिमी भेगबाट भन्सार छलीका सामानहरु तस्करीको माध्यमबाट सेटिंगको आधारमा निर्वाध रुपमा लाइन खोलेको आरोपमा प्रनानी पाण्डेलाई र व्यापारीहरु संग रकम उठाउदै आएको आरोपमा प्रहरी जवान सिंहलाई आवश्यक अनुसन्धानको लागि तानिएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा यीनिहरु विरुद्ध उजुरी परेपछि छानविनमा निष्किएका सिभिलियन टोलीले आवश्यक अनुसन्धान पश्चात दुबै जनालाई हेड क्वाटर तानिएका हुन् । रौतहट र वारा जिल्लाको सिमा क्षेत्रमा अहिले व्यापक रुपमा तस्करी बढेको जनगुनासो आएपछि सादा पोशाकमा हेड क्वाटरबाट टोलीहरु तराइका जिल्लाहरुमा अनुगन निरीक्षणमा निस्किएका छन् ।
दुई साता अघि प्रहरी चौकी बंकलको प्रहरी निरीक्षक अवधेश यादवलाई पनि अमर्यादित कार्य गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले तानेर कारवाही प्रक्रियामा राखेको बुझिएका हुन् ।
यश बिषयमा रौतहट प्रहरीका एसपी दिलिप घिमिरेले प्रनानी र प्रहरी जवानलाई सोधपुछका लागि हेड क्वाटरमा बोलाएको छ तर किन र के का लागि आफूलाई थाहा नभएको बताए ।
प्रहरी प्रधान कार्यालयको सिभिलियन टोलीले सई र जवानलाई फसाएको आरोप
शनिवार राति ८.३० बजेको समयमा नेपाली नम्वरको बाइक चढेर दुई जना व्यक्ति बौधीमाई नगरपालिकाको कोपवा स्थित भुवाली चोकमा मनोज यादवले संचालन गरेका पान पसलमा खानेकुरा लिएर केही सोधपुछ गर्छन् । केही वेर पछि ति दुई जना अपरिचित व्यक्तिले यादवलाई भन्यो यो सइ साहवको पैसा हो राख्नु म उहाँलाई यहाँबाट लानु होला भनेर ५५ सय रुपैया छाडेर गए ।
त्यहाँबाट गएर पुनः आधा घण्टामा ति दुई अपरिचित संगै अन्य दुई व्यक्तिहरु ना.३९ प. ८७५० र मधेश प्रदेश–०३–०२४प–९१८० नम्वरको मोटरसाइकल चढेर आए । ति पसलका संचालक यादव माथि दवाव बनाउन थाल्यो यो रकम सई पाण्डेको हो भनेर सकार गर्न लगाउन निकै दवाव दिदा सफल पनि भए ।
तत्पश्चात सई पाण्डे र जवान सिंहलाई हेडक्वाटरमा उस्थित हुन उर्दी जारी भएपछि दुबै जना हेड क्वाटर तर्फ लागेको बुझिएका छन् । उक्त सिभिलियन टोलीमा को थिए, कसको नेतृत्वमा थिए अहिले सम्म खुल्न सकेको छैनन् । हेड क्वाटरबाट आएका अनुगमन टोलीको पारा बुझ्दा विगतमा गरिने अख्तियारको स्ट्रींग अप्रेशन जस्तो देखिन्छ, त्यस्ता कार्यलाई राम्रो मानिएको छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन