श्रममन्त्रीको पुतला दहनपछि वारपारको लडाईमा आईटी आर्मी
आम जनता पार्टी (आजपा) निकट रहेका आईटी आर्मीले वैदेशिक रोजगारका ठगलाई जोगाउन गृहमन्त्रीले शान्तिपुर्ण जुलुस प्रदर्शन माथि रोक लगाएको आरोप लगाएको गम्भीर आरोप लगाएको छ ।
वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आईटी आर्मीले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग जाने बाटोमा नारा जुलुस गर्न खोजदा प्रहरीले रोकेर बल प्रयोग समेत गरेको आरोप लगाएको हा ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शान्तिपुर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो, तर गृहमन्त्रीले सत्ता र पवारको दुरुपयोग गरी बिना कारण शान्तिपुर्ण जुलुस प्रदर्शन माथि रोक लगाउनु दुखद कार्य भएको ठहर गरे ।
पीडितहरुले न्याय माग्न जाँदा प्रहरी लगाएर दमन गराउनु गृहमन्त्रीद्धारा राज्य सत्ताको चरम दुरुपयोग गरिएर पीडितहरुलाई झन् चोट पुर्याउने कार्य गरिएकोमा आपत्ती जनाए ।
आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले श्रम मन्त्री डोलप्रसाद (डिपि) अर्यालयको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभागकै अगाडी श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रमक ढंगबाट अगाडी बढाएको उनले भने ।
आन्दोलनमा सहभागी आजपाको महिला नेतृ रन्जु कुमारी साहले विदेश जाने कामदारहरु सँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागु गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइसकेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुली कार्यलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने ।
आन्दोलनमा सहभागी आजपाको अर्का महिला नेतृ सिमा जयसवालले वैदेशिक रोजगारीमा जाने कामदारहरु सँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका अन्य समस्याहरु समाधान गर्नुपर्ने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देश भित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।
अर्का महिला नेतृ चन्दा साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डी मार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनले गम्भीर प्रश्न चिन्ह् खडा गरे ।
आजपा नेतृ एवं आन्दोलनकारी कनक सिंहले असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्युलाई ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरिन् । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । आजपा नेतृ मिनादेवी साहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकोमा आफूले सशक्त रुपमा आवाज उठाउन विभाग घेराउ गरेको उनले बताइन् ।
नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसता कार्यमा राजनीतिक दलका नेताहरुको संलग्नता रहेको साहको भनाई रहेको छ । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको समेत उनले बताइन् ।