रौतहट, १७ असार । रौतहट प्रहरीले गौर भन्सार एरियाबाट १ किलो ४०० ग्राम चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेका छन् ।
गौर नगरपालिका वडा नम्वर १ स्थित भन्सार सुरक्षा गार्डले भारतबाट नेपाल तर्फ आउदै गरेको अटो रिक्साहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार दिउसो २.४५ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर १ दपही घर भउका ४२ बर्षिय दिनेश प्रसाद साहलाई चाँदीको गरगहना सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
पक्राउ परेका साहले सेतो कपडाको बेल्ट (पटी) बनाएर कम्मरमा बाँधी लुकाई छिपाई ल्याउदै गरेको अवसथामा चाँदीको सिक्री ९ पिस, पेच रिंग २ पिस र पाउजु ७ जोडा गरेर १ किलो ४०० ग्राम चाँदीको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
एक लाख ९६ हजार मूल्य बराबरको चाँदी सहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको डिएसपी गिरीले भनिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन