जनकपुरधाम, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रिएसन नेपालका प्रतिनिधि बिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने बिषयमा गम्भीर छलफल भएको छ ।
जनकपुरधाम स्थित मुख्यमन्त्री निवास मधेश भवनमा सोमवार दिपक्षिय गहन छलफल भएको हो ।
मुख्यमन्त्री सिंहले क्रिएसन नेपालद्धारा अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि अत्यन्त आवश्यक एवं लाभप्रद भएको बताउँदै प्रदेश सरकारको तर्फबाट पुर्ण सहयोग गरिने प्रतिबद्धता जनाए । मधेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले क्रीएसन नेपालले अगाडि सारेका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोर मैलाको व्यवस्थापन, पर्यटन क्षेत्रको बिस्तार, मधेश लगानी सम्मेलन लगायतका तत्काल परिणाम दिन सक्ने परियोजना बारे गम्भीर छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
क्रीएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजना बारे बिस्तृत प्रस्तुतीकरण गरिएको थियो । सचिव कोइरालाले मधेश सरकार संग दिगो सहकार्य गरेर परिणाममुखी बनाउनका लागि क्रीएसन नेपाल नेतृत्व लिन तयार रहेको बताइन ।
छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग सहितका व्यक्तिहरुको उपस्थिति रहेको मुख्यमन्त्रीको सचिवालले तराई टप लाई जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन