रौतहट, १८ असार । नेपाली नम्वरको पिकअपमा सुन्तलाको विरुवा लिएर अबैध रुपमा भारतबाट नेपाल प्रवेश गरेका सवारीसाधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
हिजो सोमवार दिउसो अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ प्रदेश २–०३ ००१–च ४६७५ आएका सुन्तलाको विरुवा लोड भएका पिकअपलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका हुन् ।
सशस्त्र प्रहरी बल नम्वर ११ गणलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा गस्तीमा खटिएका सशस्त्र प्र्रहरीले उक्त नम्वरको पिकअप भ्यानमा लोड भएका ४३८० थान सुन्तलाको विरुवालाई नियन्त्रणमा लिइएको थियो । १ लाख ३१ हजार ४ सय सुन्तलाको विरुवाको मुल्याँकन र पिकअप भ्यानको १० लाख मूल्य राखेर ११ लाख ३१ हजार ४ सय मूल्याँकन गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नम्वर ११ गणले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन