देउवाको जवाफ पछि प्रधानमन्त्री प्रचण्ड सरकारको उल्टो गन्ति सुरु

42 Shares

काठमाडौं, १८ असार । नेपाली काँग्रेर र एमाले बीच मध्य राति भएको भद्र सहमती पछि सरकार बनाउने चाँजोपाँजो मिलाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले शेरबहादुर देउवालाई फोन गर्दा उनले स्पष्ट जवाफ दिए ।
नेपाली काँग्रेसका सभापति देउवाले भने “अहिलेलाई सरी, हाम्रो सहमती भइसक्यो” तत पश्चात प्रधानमन्त्री प्रचण्ड सरकारको उल्टो गन्ति सुरु भएको राजनीतिक विज्ञहरुले विश्लेशन गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरु सँग छलफलमा व्यस्त थिए ।
देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए । त्यसपछि नेताहरुले आ आफना धारणा राखिरहेका थिए ।
बैठककै बिचमा कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भनेको होला सदस्यहरुमा जिज्ञासा उत्पन्न भए ।
मिडिया रिपोर्टका अनुसार देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नु भयो, तपाईँले पनि सहयोग गर्नुपर्यो’ उनेले भनेका थिए । सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए ।
जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको छलफलमा सहभागी भएका कांग्रेसी नेताले बताए ।

सम्बन्धित समाचार