रौतहट, १ कार्तिक । घर भित्रयाउने समयमा वेमौसमी बर्षाबाट किसानहरुको खेतमा पाकेको धानबालीलाई क्षति पुर्याएको छ ।
आईतवार देखि सुरु भएको बेमौसमी बर्षा संगै चलिरहेको हावाहुरीको कारण किसानहरु घर भित्रउने अवस्थामा पुगिसेकेको धान बालीलाई वेमौसमी बर्षा र हावाहुरीले क्षतिपुर्याएको हो ।
हावाहुरीको कारण खेतमा ठडिएको धानको बोटहरु ढलेको छ, बोटहरु पानीमै ढलेको हुँदा लगानी डुब्ने हो की किसानलाई यतिखेर चिन्ता सताएको छ । रौतहटको विभिन्न स्थानमा पानी सगै हावाहुरी आएको थियो । आइतवार दिउँसो र सोमवार बिहानै देखि पानी परेको छ ।
धान काटेका किसानहरुले खेत मै धान भिजेका ले थन्क्याउन पाएका छैनन । काट्न तयार भएको पाकेको धान हावाले ढालेको छ । पानी पर्ने भएकाले केही दिन धान काट्दा र थन्क्याउँदा विशेष कृषिबिज्ञको सुझाव छ । ध्यान दिन धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न, धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्ने र पछि घाम लागेका बेला सुकाउनु पर्ने सुझाव दिए ।