बलरा नगरपालिकामा सार्वजनिक सुनवाई

38 Shares

बलरा (सर्लाही), १८ असार । बलरा नगरपालिकामा पिपुल मिडिया नेटवर्कद्धारा सार्वजनिक सुनुवाई मंगलवारका दिन आयोजना गरियो ।
बलरा नगरपालिकाको आर्थिक सहयोगमा पिपुल मिडिया नेटवर्क मलंगवा सर्लाहीद्धारा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्षहरु, वडासदस्यहरु, स्थानीय बसिन्दारुको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
पिपुल मिडिया नेटवर्कका अध्यक्ष विश्वनाथ ठाकुरको सभापतित्वमा सम्पन्न भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर रामाशंकर कुशवाहा, उपमेयर कोशिला देवी, प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार साह, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, संचारकर्मीहरु सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार