रौतहट, १८ असार । असारे झरी सुरु भएपछि रौतहटको एक सामुदायिक विद्यालयको हरिविजोग भएको छ भने स साना विद्यार्थीहरुको अवस्था जोखिमपूर्ण बन्दै गएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित जनता प्राथमिक विद्यालय जुन सुगम स्थानमा रहेपनि असारे झरीमा विद्यालयमा अध्ययन एवं अध्यापन गराउने वातावरण नरहेपछि विद्यालयलाई बन्द गर्नुपरेको अवस्था सृजना भएका हुन् ।
विद्यालय हाताभरी बर्षाको पानी सरदर एक देखि दुई फिट सम्म जमेको र कक्षा कोठामा समेत पानी छिरेपछि त्यहाँ बसेर अध्ययन एवं अध्यापन गराउने वातावरण नरहेपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक मुकेश चौधरीले बताए ।
चारै तिरबाट अग्लो भएको छ, विद्यालय हाता एकदमै होचो हुँदै गएपछि सामान्य बर्षामा पनि पानी जम्ने गरेको छ । कक्षा १ देखि ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिव ३५० जना विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउदै प्रअ चौधरीले पानी जमेपछि त्यसमा रहने किरा फट्याँग्राहरुको डरका कारण विद्यालय बन्द गरिएको उनले भने । विद्यालयमा रहेका समस्या सम्बन्धी पटक पटक स्थानीय तहको शिक्षा शाखालाई जानकारी गराएपनि हाल सम्म कुनै पहल नभएको उनले बताउँछन् ।
विद्यालय हाताबाट पानीको निकास नभए सम्म विद्यालयमा अध्ययन अध्यापन गराउन चाहेरपनि गराउन नसकेको उनले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन