रौतहट, १९ असार । गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत इद्रिश गेटबाट मंगलवार राति ठूलो परिमाणमा प्रतिबन्धीत लागुऔषध सहित दुई भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।
विशेष सुचनाको आधारमा गए राति ९ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डमा पर्ने राजपुर नगरपालिका वडा नम्वर १ स्थित इद्रिश गेटमा सशस्त्र प्रहरीले ना.१ ज. ७१०९ नम्वरको सार्वजनिक भाडाको सवारीलाई चेकजाँच गर्दा सिटमुनी लुकाएर राखिएको ठूलो परिमाणमा लागुऔषध सहित दुई भारतीय युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटले जनाएका हुन् ।
बुपरेनोरफिन इन्जेक्शन आईपी २ एमएलका २९९ पिस, प्रोमेथ्रोजिन हाइड्रोसाइड इन्जेक्सन २ एमएल का २९९ पिस र डाइजेपाम इन्जेक्सन आइपी २ एमएलका ३०० गरी ८९८ प्रतिबन्धीत लागु औषध सहित भारत विहार सीतामढी जिल्ला बखरी गाउँ वडा नम्वर ३ का १८ बर्षिय अमित कुमार र सोही गाउँ वडा नम्वर ४ का २० बर्षिय रौशन कुमार लाई पक्राउ गरिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
पक्राउ परेको दुबै भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि प्रतिबन्धीत लागु औषध सहित रौतहट प्रहरीलाई जिम्मा लगाइने बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन